Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
संसद विघटनविरुद्धको रिटमा सुनुवाइ आज
आर्थिक पाटी संवाददाता
२०७७-०९-२९
बिचार / प्रतिक्रिया
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीशलाई इजलासमा राख्नेछन् ।
न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको पालामा महान्यायाधिवक्ता नियुक्त भएकाले अहिलेको विवाद निरुपणमा स्वार्थ बाझिने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएपछि कार्कीले आफू इजलासमा नबस्ने बताएका थिए ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य चार न्यायाधीश रहने व्यवस्था छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
२५० मेगावाट क्षमताको सोलार परियोजनाको अध्ययन गर्ने जिम्मा सिंगापुरको कम्पनीले पायो
ताजा अपडेट
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
सर्वोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च व्याजदर
एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने
ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालन
कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध
आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
भाइरल युवक अर्जुन विक पक्राउ परे
व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
लोकप्रिय
फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने, कति पर्ला भागमा ?
एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता
महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार
मिस नेपालको अफिसियल कार टाटा अल्ट्रोजः टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई हस्तान्तरण
ग्रीन लाइफ हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल