Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
नेपाल चेम्वर अफ कमर्स र फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर
आर्थिक पाटी संवाददाता
२०७७-०९-२८
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । इजराइल स्थित नेपाल का राजदूत डा.अन्जान शाक्य तथा नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको समुपस्थितिमा आयोजित भर्चुअल मीटिङमार्फत समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका हुन्
।
उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारी पत्रबाट दुवै मुलुकका व्यावसायीक निकायवीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यतm गरे । यसबाट नेपाल र इजराइल वीच आर्थिक सम्वन्ध सुदृढ हुने उनले बताए । नेपाल र इजराइल वीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्था वीच भएको समझदारी हामी सवैको लागि महत्व रहेको बताए ।
इजराइलका लागि नेपालका राजदूत डा.अन्जान शाक्यले नेपाल र इजराइलका निजी क्षेत्रबीच सम्वन्ध बिस्तारका लागि दुवै चेम्वरको सोझै सम्पर्क कायम राख्न यस समझदारी पत्र भएको उल्लेख गरे । साथै इजराइलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः बिस्तार हुंदै गएकोले नेपाली उत्पादनकालागि इजराइल राम्रो गन्तव्य हुने धारणा व्यक्त गरे । नेपालका लागि इजराइलका राजदूत हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय संभावना भएको मुलुक भएको उल्लेख गर्नु हुंदै साहसिक पर्यटनको निमित्त इजराइली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताए ।
इजराइल–नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस समझदारी पत्रद्धारा नेपाल इजराइल नेपाल वीच आर्थिक सम्वन्ध वढाउन उपयुक्त मंच प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजराइल वीच व्यवसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने आशा व्यक्त गरे । फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सका उपाध्यक्ष अमीर शानीले दुइ मुलुक वीचको आर्थिक सम्वन्धको क्रममा प्रस्तुत समझदारीपत्र कोशेढुंगा भएको र यस बाट निजी क्षेत्र वीच सम्वन्ध बिस्तार हुन गइ दुवै राष्ट्रलाई फाइदा हुने कुरा उल्लेख गरे ।
नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बिश्वको सवै भन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहेको र बिश्वको सवै भन्दा होचो मृत सागर इजराइल समीप भएको कुरा उल्लेख गर्दै दुवै मुलुकमा प्रचुरमात्रा पर्यटकीय गन्तव्य स्थल रहेको उल्लेख गरे । इजराइलले सूचना तथा प्रबिधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यान्त्रीकरणबाट नेपालले फाइदा लिन सक्ने बताए । नेपाल जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोेले हाइड्रे पावर क्षेत्रमा लगानीको लागि समेत आव्हान गरे ।
हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा बिभिन्न अन्तर्रा्षिष्ट्रय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । आज संम्पन्न समझदारी पत्रमा इजराइल चेम्बर अफ कमर्ससंगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकहरुसम्म बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसंग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्दन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समाबेश छन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
२५० मेगावाट क्षमताको सोलार परियोजनाको अध्ययन गर्ने जिम्मा सिंगापुरको कम्पनीले पायो
ताजा अपडेट
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
सर्वोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च व्याजदर
एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने
ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालन
कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध
आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
भाइरल युवक अर्जुन विक पक्राउ परे
व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
लोकप्रिय
फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने, कति पर्ला भागमा ?
एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता
महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार
ग्रीन लाइफ हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल
मिस नेपालको अफिसियल कार टाटा अल्ट्रोजः टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई हस्तान्तरण