Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघ्यो, एकै दिन २२ हजारभन्दा बढीले बृद्धि
आर्थिक पाटी संवाददाता
२०७७-०९-२८
बिचार / प्रतिक्रिया
काठमाडौं । धितोपत्र कारोबाका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको छ । पुस २७ गते १ बजेसम्मको रेकर्डमा २४ लाख ५१ हजार १७३ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
आइतबार मात्रै २२ हजारभन्दा बढी डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँछ । शुक्रवारसम्म २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेकोमा सोमवार यो संख्या २२ हजार ८३९ ले बढेको हो ।
हाल चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ निष्कासनमा रहेको छ । माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ करोड कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्दैछ ।
पछिल्लो समय दैनिक डिम्याट खाता खोल्नेको संख्या बढ्नुका प्रमुख कारण सबैको भागमा पर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओनै रहेको छ । प्राथमिक बजारमा निष्कासन हुने शेयर पाउन भाग्य भरोसा रहनुपर्ने अवस्थामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने सबै आवेदकलाई पर्ने निश्चित छ ।
यो सँगै धितोपत्र दोस्रो बजारले उच्च विन्दु कायम गर्दै अघि बढेकाले पनि धितोपत्र कारोबारमा लगानीकर्ताको आकर्षण बढेको हो । प्राथमिक बजारमा निष्कासित शेयरहरु दोस्रो बजारले गति लिएका कारण राम्रो मूल्यमा खरिद विक्री हुने गरेकाले पनि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो ।
साथै हाल सबै आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँटको व्यवस्थाले गर्दा पनि डिम्याट खाताको संख्यामा बृद्धि भएको छ । यी विविध कारणले गर्दा बढेको हितग्राही खाताको कारण शेयर कारोबार व्यवस्थित हुने अपेक्षा सिडिएससीको छ ।
अझै धेरै पुराना शेयरहरु कागजी रुपमै बोकेर मानिसहरु बसेकाले डिम्याट खोलेसँगै ती शेयरहरु अभौतिकीकरण हुनेमा पनि सिडिएससी आशाबादी रहेको छ । पूर्ण प्रविधिमैत्री बनिसकेको धितोपत्र प्राथमिक तथा दोस्रो बजारमा शेयरको काजगी प्रमाणपत्र पनि अनलाईन प्रणालीमा समेटिनुपर्ने भनाई सिडिएससीको हो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
शेयर बजार सम्बन्धित शीर्षकहरु
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने, कति पर्ला भागमा ?
पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्योु १८.५ प्रतिशत लाभांश
सोनापुर मिनरल्स एण्ड आयलको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल
ताजा अपडेट
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
सर्वोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च व्याजदर
एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने
ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालन
कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध
आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
भाइरल युवक अर्जुन विक पक्राउ परे
व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
लोकप्रिय
फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने, कति पर्ला भागमा ?
एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता
महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार
मिस नेपालको अफिसियल कार टाटा अल्ट्रोजः टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई हस्तान्तरण
ग्रीन लाइफ हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल