स्कोडाको ‘प्रिमियम एसयुभी कारोक’ नेपालमा

स्कोडाको ‘प्रिमियम एसयुभी कारोक’ नेपालमा

काठमाडौं । स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्राण्डमध्ये पर्ने स्कोडा अटोको पूर्णतः नयाँ कम्प्याक्ट एसयुभी हो । 

स्कोडा विरासतलाई आत्मसात् गर्दै नयाँ स्कोडा कारोकमा आधुनिक डिजाइन, उदार आकार, ‘क्लास लिडिङ’ सेफ्टी र ‘इन्टेलिजेन्ट कनेक्टिभिटी’ फिचर राखिएका छन् जसले ‘प्रिमियिम ड्राइभिङ’ अनुभव र बेजोड ‘क्याबिन कम्र्फोट’लाई प्रत्याभुत गर्छ । 

स्कोडाको पछिल्लो एसयुभी नेपालमा दुई भेरियन्ट, एम्बिसन र एम्बिसन प्लसमा उपलब्ध छ । यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको टर्बो चाज्र्ड डिजेल इन्जिन हुनेछ जसले अधिकतम १०५ किलोवाट र ३२० एनएम टर्क उत्पन्न गर्छ ।

 

नयाँ कारोकको लम्बाई ४,३८२ एमएम, चौडाई १,८४१ एमएम र उचाई १,६२४ एमएम रहेको छ । ठूलो आकारले यात्रुलाई आरामदायी यात्रा दिलाउँछ । त्यसैगरी, यसको ह्विलबेस २,६३८ एमएम छ जसले सडकमा कारोकलाई चुस्त रहन मद्दत गर्छ र इन्टेरियरको अनुपात पनि पर्याप्त बनाउँछ । यसको बुट स्पेस ५२१ लिटर छ जुन क्लासमै सबैभन्दा बढी हो र पछिल्ला सिटहरु फोल्ड गरेर यसलाई १,६३० लिटरसम्म बनाउन सकिन्छ जुन कुनै पनि ‘बिजनेस या विकेन्ड ट्रिप’को लागि पर्याप्त छ ।