फाइभजी ː हामीलाई घरमा पनि यसको आवश्यकता किन पर्छ ?

फाइभजी ː हामीलाई घरमा पनि यसको आवश्यकता किन पर्छ ?
स्मार्टफोन्सका लागि फाइभजीको उपयोगितामा कसैको शायदै दूई मत होला । तर, वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु भएको छ ? विस्तारै वाईफाई पूरानो प्रविधिका रुपमा स्थापित हुँदैछ । भविस्यको स्मार्ट होम्सका लागि यो अपर्याप्त हुने सम्भावना प्रबल छ । हो, यही अवस्थामा फाइभजीको आवश्यकता पर्छ । मोबाइल प्रयोगका लागि झैँ फाइभजी प्रविधिको आवश्यकता भविस्यको घरका लागि कसरी पर्नेछ भन्ने बारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गर्ने प्रयाश गरिएको छ ।
 
आफ्नो चरैतिर हेर्नुहोस् त । स्मार्टफोन्स, ट्याब्लेट्स र कम्प्युटरका साथै सेक्योरिटी क्यामेरा, स्पिकर, टिभी, लाइटनिङ प्रणाली लगायत हामीले विशेष ध्यान नदिने बस्तुहरुमा पनि यसको आवश्यकता उत्तिकै रहेको छ । गहिरिएर ध्यान नदिएतापनि हामी विस्तारै स्मार्ट घरहरुले उपलब्ध गराउने सहजतासंग हामी अभ्यस्त हुँदै गइरहेका छौँ ।
 
समयसंगै हरेक कुरा स्मार्टर हुँदै गइरहेका छन्, हरेक होम अप्लायन्सेस् कनेक्टेड हुँदैछन् र तिनले एकअर्कासंग सहज समन्वय गर्दै काम गरी सहजता उपलब्ध गराओस् भन्ने हाम्रो चाहना हो । यसले वाईफाई माथि ठूलो बोझ थपिने निश्चित छ । फलस्वरुप न्यूनतम उत्पादन कनेक्ट गर्दापनि यसको रेस्पोन्स टाइममा ढिलाई हुने सम्भावना रहन्छ । यस्तो समयमा फाइभजीको आवश्यकता अझ बढ्ने निश्चित छ । फाइभजी सहितको स्मार्ट होम्स अर्थात् असिमित कनेक्शन, तिब्र गति र तत्सम् प्रतिक्रिया (ईन्स्ट्यान्ट रेस्पोन्स टाइम) ।