स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो साधारण सभा सम्पन्न

स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो साधारण सभा सम्पन्न
भक्तपुर । स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भयो । 
 
जगदम्बा स्टिल्स प्रालिका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो । 
 
सभामा रिद्धि सिद्धि सिमेन्टका मेनेजर अनुज महत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डे लगायतले बोल्नुभएको थियो । सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय