मधुमेहका बिरामीले खानैपर्ने खाद्यपदार्थ

मधुमेहका बिरामीले खानैपर्ने खाद्यपदार्थ
मधुमेह वा डायबिटिज एउटा खतरनाक रोग पक्कै हो । तर, यसका बिरामीले विभिन्न तरीकाबाट यो रोगलाई नियन्त्रणमा राख्न तथा यसको कुप्रभावबाट बच्न सक्छन् । मधुमेहलाई नियन्त्रणमा राख्ने पहिलो उपाय भनेको नियमित रूपमा ब्यायाम गर्ने हो । त्यस्तै, दोस्रो तरीका भनेको सही खाद्य पदार्थको छनोट गरी खानु हो । हामीमध्ये धेरैलाई थाहा छ कि मधुमेह रोग भनेको यस्तो अवस्था हो, जसले शरीरमा इन्सुलिन बन्ने पक्रिया असामान्य हुन जान्छ । जसका कारणले शरीरमा विभिन्न रोग जस्तैː हाई ब्लड सुगर लेबल, तौल घट्ने, पिसाव उत्पादनमा वृद्घि, प्रतिरक्षा प्रणाली कमजोर हुनु, आँखा कमजोर हुनु, लगातार भोक लाग्नु तथा खुट्टा निदाएजस्तो हुनेलगायतका रोगले सताउने समस्या बढ्दै जान्छ ।  यदि मधुमेह रोगको लक्षण देखिनासाथ सही उपचार गरिएन भने यसले घातक परिणाम निम्याउँछ । मधुमेह रोग लाग्दा कुनकुन खाद्य पदार्थ खाने भन्नेबारे मदन लामिछानेले तयार पारेको एक रिपोर्ट ː 
 
सलगम
 
 
सलगममा पोटासियम तथा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसलाई खानाले मधुमेहका रोगीलाई थकान नहुने हुनुका साथै शरीरमा काम गर्ने ऊर्जा मिल्छ । 
 
करेला