Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
इजरायलमा पाँच सय केयर गिभर पठाउन तयार भयो प्रोटोकल
आर्थिक पाटी संवाददाता
२०७७-०९-७
बिचार / प्रतिक्रिया
काठमाडौं । पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार भएको छ । प्रोटोकललाई नेपालको मन्त्रिपरिषदले स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई अख्तियारी दिइसकेको छ ।
गत असोज १४ गते श्रीमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर लैजाने गरी भएको यो सम्झौता अनुसार श्रमिक पठाउन दुई देशले छलफल गरेर प्रोटोकल तयार गरेका हुन् । यसअनुसार अब इजरायलले पनि त्यसलाई स्वीकृत गरेपछि हस्ताक्षरको मिति तय हुनेछ ।
त्यसलगत्तै इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजान विज्ञापन हुने विभागका महानिर्देशक कुमार दाहालले बताए ।
इजरायलमा यो समझौता अनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर इजरायल जानेछन् । यसरी जाने केयर गिभरले त्यहाँका स्याहार केन्द्रहरुमा काम गर्नेछन् । न्युनतम तलब १५ सय डलर हुनेछ । त्यसमध्ये ३१० डलर खाना र आवास सुविधाबापत रोजगारदाताले कटौती गर्नेछ ।
एसएलसी उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषा बोल्न सक्नेलाई यो रोजगारीमा जान अवसर दिइनेछ । कामदार छनोट नेपाल सरकार नै गर्नेछ ।
सरकारले यसअघि सन् २०१५ मा इजरायलसँग गरेको केयर गिभर पठाउने श्रम समझदारीबाट पर्याप्त श्रमिकले लाभ उठाउन पाएका थिएनन् । थोरै मागमा धेरै आवेदन परेपछि छनोटमा चिठ्ठा प्रणाली लागू गरिएको थियो । जसले गर्दा भाषा सिकेर पनि धेरैले काम गर्न जान पाएनन् । म्यानपावर कम्पनीहरुले नै इजरायलमा केयर गिभर पठाउने गरेका थिए ।
अब इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमा लगायतका खर्च आफैंले ब्यहोर्नुपर्नेछ । श्रम विज्ञहरुले भने यो श्रम सम्झौतामाथि प्रश्न उठाउँदै आएका छन् । सरकारले म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउँदा सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने नीति लिएको छ । म्यानपावर कम्पनीले तोकिएको सेवा शुल्क मात्रै लिन पाउने नीति छ ।
इजरायलका हकमा भने सरकारी संयन्त्रबाटै श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गरेर पुरानो नीति लत्याउन लागिएको विज्ञहरुको भनाइ छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
प्रवास सम्बन्धित शीर्षकहरु
एनआरएनएद्वारा निःशुल्क टेली हेल्थ सेवा सुरु
विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या ३०० नाघ्यो
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनको अध्यक्षमा दीपा राई निर्वाचित
फ्रान्सको फ्रन्टलाइनमा काम गर्ने विदेशीलाई नागरिकता दिने निर्णय
ताजा अपडेट
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
नयाँ स्वादसहित आइसवर्ग बजारमा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
ज्योति विकास बैंक र क्लक बी द्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न
पाचौ र्याली अफ होप सम्पन्न
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ
लोकप्रिय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड