१३०४ जना कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

१३०४ जना कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु
काठमाडौं । मंगलबार एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये १६ हजार ६३३ सक्रिय संक्रमित रहेका छन् ।
 
आज काठमाडौका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना गरी उपत्यकामा ५३० जना संक्रमित थपिएका छन् ।
 
पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । सो संख्यासँगै देशभरमा एक हजार ५२९ पुगेको छ । यस्तै एक दिनमा कोरोना निको हुने दुई हजार ७३ जना छन् भने कोराना मुक्त हुनेको कुल संख्या दुई लाख १६ हजार ५९४ रहेको छ ।
 
गत २४ घण्टामा आठ हजार ५८३ पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा १७ लाख ४६ हजार ३३० परीक्षण भइसकेको छ । अहिले क्वारेन्टिनमा ६१६ जना छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय