कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक ː अर्थमन्त्री

कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक ː अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न  निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेकोे बताएका छन । 
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले विश्वमै असर पारेकाले नेपालमा पनि यसको ठुलो चुनौतिको विषय रहेकाले यसलाई कम गर्न सरकार एक्लैले नसक्ने भएकाले निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका हुन । सरकारले अग्रभागमा रहनुपरेपनि एक्लैले नसक्ने भएकाले यसका लागि निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताउँदै अर्थमन्त्री पौडेलले कोभिडले सिर्जना गरेका चुनौतिलाई कम गर्नका लागि सरोकारवाला निकाय सवैको योगदान अपरिहार्य रहेको बताए । विशेषगरी अहिले लगानी बृद्धि,उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ निजी क्षेत्रसँग सहयात्रा गर्ने बताउँदै अर्थमन्त्री पौडेलले  नेपाली अर्थतन्त्रलाई चलायमान गराई लगानी रोजगारी बृद्धिमा केन्द्रित भई अर्थतन्त्र तुल्याउने दिशातर्फ अगाडि बढ्ने बताए ।