सुनको मूल्य घटेर तोलाको ९० हजार पुग्यो

सुनको मूल्य घटेर तोलाको ९० हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य सोमबार पनि अघिल्लो दिनको तुलनामा ७०० रुपैयाँ घटेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । 
 
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा ११५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ११२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय