Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
अर्थमन्त्री पौडेलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्षेत्रमा
आर्थिक पाटी संवाददाता
२०७७-०८-१५
बिचार / प्रतिक्रिया
काठमाडौं । अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि ) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले योजना तथा कार्यक्रमहरु छनौट गरेको हो ।
जस अन्तर्गत शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. २ रुपन्देहीका लागि रु. १ करोड र पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम सैनामैना नगरपालिका वडा नं. १ रुपन्देहीका लागि रु. १ करोड विनियोजन गरिएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ रुपन्देहीका लागि रु. ५० लाख र शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ रुपन्देहीका लागि रु. १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ ।
पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गत वर्षको सबै रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
२५० मेगावाट क्षमताको सोलार परियोजनाको अध्ययन गर्ने जिम्मा सिंगापुरको कम्पनीले पायो
ताजा अपडेट
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
सर्वोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च व्याजदर
एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने
ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालन
कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध
आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
भाइरल युवक अर्जुन विक पक्राउ परे
व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
लोकप्रिय
फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता
महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार
पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने
विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल
एनसेलले रिङ रोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै