दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयत्न गर्नेछु ː श्रृंगला

दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयत्न गर्नेछु ː श्रृंगला
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्। विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै श्रींगलाले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताए ।
 
उनले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसका कारण सम्भव नभएको बताए । उनले आफ्नो नेपाल भ्रमणमा दुई देशबीच मित्रता बढाउने विषयमा छलफल हुने बताए । श्रींगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।
 
‘नेपालमा आउँदा मलाई एकदम खुसी लागेको छ,’ उनले भनेका छन्, ‘म पहिला पनि काठमाडौं आएको छु । विदेश सचिव भएपछि पहिलोपल्ट आएको छु । भारत नेपालबीचको सम्बन्धमा सुधार बढाउने कुरा गर्छु । विदेश सचिव, विदेश मन्त्रीसँग कुरा हुन्छ । उच्चस्तरीय छलफल पनि हुनेछ । भोलि भारत नेपाल मैत्रीको विषयमा कुरा गर्छु ।’
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय