Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
महासंघले ठुला व्यवसायीको मात्र होइन साना तथा आम व्यवसायीको विषयमा वकालत गर्नु पर्छ
आर्थिक पाटी संवाददाता
२०७७-०८-११
बिचार / प्रतिक्रिया
दिनेश श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरु उत्साहित बनेका छन् । आफुले पुर्याएको योगदान र आगामी दिनका कार्ययोजना सहित मत आफ्नो पक्षमा पार्ने योजना तिब्र बनिरहेको छ ।
यसै सन्दर्भमा शेखर गोल्छा समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवरी दिएका दिनेश श्रेष्ठ आफुले चुनाव जित्नेमा विश्वस्त देखिएका छन् । मंसिर १३ गते हुन गईरहेको निर्वाचनको सन्दर्भ पारेर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ इतिहासकै कमजोर अवस्थामा अएको देखिन्छ, यस्तो अवस्था आउनुको कारण के हो ?
उद्योग वाणिज्य महासंघ इतिहासकै कमजोर अवस्थामा रहेको भन्ने होइन । विगतका नेतृत्वको तुलनामा अहिलेको नेतृत्वले पनि काम गरेको छ । तर, हामीले गरेका कामहरुको प्रचार प्रसार नभएको हुनाले कमजोर भएको जस्तो देखिएको हो । भवानी राणाको नेतृत्वमा महासंघमा काम गर्दै गर्दा भएका बाधा ब्यवधानहरु कसले र किन गरेको भन्ने विषयमा सबै जानकार नै छन् । यति हुँदा पनि धेरै कामहरु प्रशंसनीय छन् । सबैले सहयोग गरेको भए अझै राम्रो परिणाम आउने थियो ।
संविधान बनाउँदा देखि अहिलेसम्म आइपुग्दा हामीले ब्यवसायीलाई हित हुने गरी कामहरु भएका छन । त्यसका साथै उद्योगी व्यवसायीसंग छलफल नै नगरी चालु आर्थिक वर्षको बजेटमा गरिएका व्यवस्थाहरुमा समेत सरकारलाई कन्भिएन्स गरेका छांै । प्यनमा दर्ता नभई खर्च देखाउन नपाइने व्यवस्थालाई सरकारले एक वर्ष पछि पुनरावलोकन गरेको अवस्था छ । कर्जाको ब्याजको दरमा २ प्रतिशतसम्म गिरावट आएको छ । त्यसका साथै बैंक वित्तीय संस्थाले लिने गरेको सेवा शुल्कमा समेत कमी आएको छ ।
त्यसैले पछिल्लो समयमा महासंघको नेतृत्वले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा लाभ हुने गरी काम गरेको स्पष्ट छ । महासंघले गरेका यी काम नै पुर्ण होइन । महासंघले गर्नुपर्ने र गर्न सक्ने अझै धेरै काम छन । ती कामहरु गर्नका लागि महासंघ सक्षम पनि छ ।