नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु

 नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु
काठमाडौं । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ । 
 
नेपाल सरकारलाई विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब १.४ करोड रहेको छ ।  यस साझेदारी अन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने छ ।