Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ ː निवर्तमान अध्यक्ष पशुपति मुरारका
आर्थिक पाटी संवाददाता
२०७७-०८-४
बिचार / प्रतिक्रिया
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ । त्यो भुमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए ।
ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए ।
‘म निवर्तमान अध्यक्षका नाताले महासंघ भित्र दोस्रो वरियतामा थिएँ’ मुरारकाले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किए, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरे जसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ’ मुरारकाले आफ्नो अनुभव सुनाए ।
‘शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्याक्याइन्छ ?’ मुरारकाले प्रश्न गरे, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेगरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने ?’
शेखर गोल्छाले धम्कीको प्रवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए ।
साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमता किशोर प्रधानसँग रहेको बताए ।
महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे ।
‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’ मुरारकाले भने, ‘अगाडी पर्दा तपाई नै हाम्रो मान्छे भन्ने तर पछाडीबाट असहयोगी भुमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ । किशोरसँग केही गुनासा छन् भने उनकै अगाडी भन्न सक्नुपर्छ ।’
अहिले उल्लेख्य सहभागीता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तरघात नगर्न सबैलाई आग्रह गरेका छन् । ‘म अनुरोध गर्न चाहान्छु, अहिले तपाईहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी ३ वर्ष पछुताउनु नपरोस्’ मुरारकाले भने ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता सम्बन्धित शीर्षकहरु
महासंघले ठुला व्यवसायीको मात्र होइन साना तथा आम व्यवसायीको विषयमा वकालत गर्नु पर्छ
हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको छ
किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ ː निवर्तमान अध्यक्ष पशुपति मुरारका
महासंघमा हुने राजनिति अन्त्य हुनु पर्छ ː शौरभ ज्योती
ताजा अपडेट
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
नयाँ स्वादसहित आइसवर्ग बजारमा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
ज्योति विकास बैंक र क्लक बी द्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न
पाचौ र्याली अफ होप सम्पन्न
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ
लोकप्रिय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड