टीभीएस दसैंको आशामा जनकपुरका रत्नेश कुमारले जिते अपाचे आरआर ३१०

टीभीएस दसैंको आशामा जनकपुरका रत्नेश कुमारले जिते अपाचे आरआर ३१०

काठमाडौं । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत भाग्यशाली विजेता जनकपुरका रत्नेश कुमार कर्णले अपाचे आरआर ३१० प्राप्त गर्न सफल भएका छन् । जनकपुर टीभीएस शोरुममा कर्णलाई बाइकको  चाबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

उनले टीभीएसको वेबसाइडमा गएर फर्म भरेका थिए र  जितेका हुन । जनकपुर टीभीएस शोरुम आर्यन अटो मोबाइल्समा भएको पत्रकार सम्मेलनको कार्यक्रममा उनलार्इ जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले  टीभीएसको सबैभन्दा महङ्गो बाइक अपाचे आरआर ३१० हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मेयर साहले यस्तो राम्रो स्किम लागू गरिदिनु भएको र ग्राहकको आशा पूरा गर्नु भएकोमा जग्दम्बा मोटर्स लगाएत जनकपुर टीभीएस शोरुम आर्यन अटोलाइ धन्यवाद दिँदै यस्ता कार्यक्रम भोलिको दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमा बोल्दै टीभीएस दसैंको आशा कार्यक्रमको विजयी रत्नेश कर्णले लक्की ड्र भनेको  जीवनमा विश्वास नै  नगरेको कुरा पूरा भएको बताए । उनले टीभीएसले आफ्नो जीवनको आशालाई यो स्किमले पुरा गरेकोमा धन्यवाद दिए ।

उनले सो उपहार Tvsnepal.com/dashina मा फारम भरेको र केही दिन अगाडी जनकपुर  टीभीएस शोरुम आर्यन अटो मोबाइल्सबाट टीभीएस स्टाइकर खरिद गरेका थिए । उनले कम्पनीको वेबसाइटमा गएर प्रक्रियागत तरिकाले फारम भरेर उक्त प्रतियोगितामा निःशुल्क सहभागीता जनाएका थिए । 

आर्यन अटो जनकपुरका संचालक रामबालक महतोले टीभीएसका बाइक तथा स्कुटर चढेर सेवा गर्ने मौका दिन ग्राहकहरुमा आग्रह गरे साथै ग्राहक लक्षित स्किमहरु अझै आउने बताए ।

चाबी हस्तान्तरण कार्यक्रममा बोल्दै जीवनमा लक्कि ड्र भन्ने कुराको विश्वास नलागेको भए पनि आज पर्यो म धेरै खुसी छु । मलार्इ लाग्थ्यो कम्पनीहरुले आफ्नो मान्छेलाई पार्छन होला भनेर तर निस्पक्ष हुँदो रहेछ लक्की ड्र धेरै खुसी लाग्यो जगदम्बा मोट्र्स र जनकपुर टीभीएस शोरुम आर्यन अटोलाई धेरै धेरै धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बाइकको चाबी हस्तान्तरणसँगै विजेता कर्णसहित ग्राहकहरु मिलेर बाजा र बाइक र्याली सहित  जनकपुर बजार परिक्रमा गरिएको थियो ।यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टीभीएसको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । यस बम्पर योजनाको आकर्षण भनेको जो कोहीले पनि आफ्नो छनोट वा किन्ने विकल्पको बाबजुद पनि भाग लिन र जित्ने अवसर पाउनु रहेको कम्पनीले जनाएको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय