निशान भट्टराईको ‘सुकुटे बिच’ बोलको गीतमा केकीको नाच

निशान भट्टराईको ‘सुकुटे बिच’  बोलको गीतमा केकीको नाच
काठमाडौं । धपेडीपूर्ण दैनिकीबाट विश्राम लिन परिवारसहित ‘सुकुटे बिच’ पुग्नेहरुको कमि छैन । अहिले यही सुकुटे बिचलाई गीतमा प्रस्तुत गरिएको छ ।
 
गीतको बोल नै छ, सुकुटे बिच । यसका गायक हुन् निशान भट्राई । उनलाई साथ दिएकी छिन् नेहा खड्काले । नेहा खड्काले नै यसको गीत तयार गरेकी हुन् । संगीत संयेजन राजु कार्कीले गरेका हुन् ।
 
उक्त गीतको म्युजिक भिडियो पनि तयार भएको छ । डिएआर मुभिजले प्रस्तुत गरेको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय छ ।
 
सन्तोष राजबहाकले निर्देशन गरेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । म्युजिक भिडियोमा मेकअप सबु तामाङ, कस्ट्युम सुनिता चौलागाईको रहेको छ ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय