टीभीएस स्ट्राइकर किनेका जनकपुरका रत्नेश बने दसैंको आशा स्किमका पाँचौ हप्ताका भाग्यशाली विजेता

टीभीएस स्ट्राइकर किनेका जनकपुरका रत्नेश बने दसैंको आशा स्किमका पाँचौ हप्ताका भाग्यशाली विजेता

काठमाडौं । टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् । 

लाइभ कार्यक्रम प्रसारण गरी नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन् । उनले सप्तरङ कार्यक्रममार्फत टीभीएससँग जोडिएको र यो ब्रान्डप्रतिको विश्वसनियता बढेको बताए । 

सो अवसरमा नेपाल आइडल विजेता रवि ओडले रत्नेश्वर कुमार कर्णलाई अब स्ट्राइकर नचढेर अपाचे आरआर ३१० बाइक चढ्न पाउने र यसको विश्वसनियताका लागि एभिन्युज टेलिभिजन हेर्न टेलिफोन कलमार्फत सुझाव दिए । उनले जनकपुर सोरुमबाट फोन आयो भने अझ विश्वसनियता बढ्ने जानकारी दिए । 

कर्ण आज टीभीएस दसैंको आशा योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट विजेता बन्न सफल भएका हुन् । कर्णले टीभीएसको अपाचे आरआर ३१० बाइक उपहार स्वरुप प्राप्त गर्ने छन् ।

सो अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सीसी सम्मका टीभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सकिने बताए । 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय