ईन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)को अध्यक्षमा सुविसुका सुधिर पराजुली निर्विरोध निर्वाचित

ईन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)को अध्यक्षमा सुविसुका सुधिर पराजुली निर्विरोध निर्वाचित

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) को अध्यक्ष पदमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनको रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।

यसैगरी सङ्घको वरिष्ठ सल्लाहकारमा वल्डलिंकका विजय जलान, भायानेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको सङ्घले जानकारी दिएको छ ।

बुधबार भर्चुल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैंठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय