बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताको आकर्षण, नेप्से परिसूचक ४१.२० अंकले बढ्यो

बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताको आकर्षण, नेप्से परिसूचक ४१.२० अंकले बढ्यो
काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सुधार आएको छ । बुधबारको कारोबारमा बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा सुधार आएको हो ।
 
दशैंअघि बुलिस ट्रेन्डमा रहेको नेप्से १६ सय विन्दुमाथि पुगेर बन्द भएको थियो । त्यसलाई दशैंपछिको कारोबारले पनि साथ पाएको छ ।बुधबार नेप्से परिसूचक दोहोरो अंक बढेर १६४७.४६ विन्दुमा पुगेको छ । नेप्से सुचक २.५७ प्रतिशत अर्थात ४१.२० अंकले बढेको हो ।
 
यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १८८ कम्पनीको ४२ हजार ६१८ पटकको कारोबारमा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार ८५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
 
नेप्सेमा सूचीकृत कम्पनीहरुले अहिले लाभांश घोषणा गर्न थालेका छन् । अहिले सम्ममा ७ बाणिज्य बैंक सहित ४१ कम्पनीहरुले लाभांश घोषण गरेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश घोषण गरेका कारण पनि बजार सुधारमा टेवा पुगेको हो ।
 
बुधबार व्यापार समुहको सुचक बाहेक सबै सूचकमा सुधार आएको छ । बैंकिङ सुचक ४.२७ प्रतिशत अर्थात ५५.१५ अंकले बढेको छ । यस्तै जीवन बीमा ११०।६८, विकास बैंक ६०.९७, निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, अन्य १४.५७, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युच्युअल फण्ड ०.१३ अंकले बढेको छ ।
 
यस्तै व्यापार समुहको सुचक भने ८.८३ अंकले घटेको छ । बुधबार कारोबारमा आएका तीन कम्पनीहरुको शेयरमुल्यमा पोजेटिभ सर्किट लगेको छ । यस दिन प्राइम कर्मशियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको शेयरमुल्यमा पोजेटिभ सर्किट लागेको हो ।
 
प्राइम कर्मशियल बैंकको शेयरमुल्य सबै भन्दा धेरै ९.९० प्रतिशतले बढेर ३३३ रुपैयाँमा कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको शेयरमुल्य ९.६२ र सिटिजन्स बैंकको शेयरमुल्य ९.५५ प्रतिशतले बढेको हो ।
 
यस्तै पञ्चकन्य माइ हाइड्रापावरको शेयरमूल्य सर्वाधिक ३.४७ प्रतिशत घटेको छ । त्यसैगरी, रिडी हाइड्रोपावरको, माउन्टेन हाइड्रो, नेशनल हाइड्रो, दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय