‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियोमा आँचललाई अष्ट्रेलिया लान फकाउँदै इकु र बले (भिडियो)

‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियोमा आँचललाई अष्ट्रेलिया लान फकाउँदै इकु र बले (भिडियो)
काठमाडौं । गायक दिल विश्वकर्माको गीत ‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतले विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ । 
 
प्रकाश न्यौपानेको शब्द तथा तिलक बस्नेतको संगीत रहेको गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा आँचल शर्मा, सुलेमान शंकर (इकु) र सागर लम्साल ‘बले’को अभिनय देख्न सकिन्छ ।
 
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दहालको छायाँकन, विकाश दहालको सम्पादन रहेको छ । भिडियोलाई मुस्कान ढकालको निर्देशन गरेका हुन् ।
 
दशैँको शुभकामना सहित निर्माण टिमले भिडियो सार्वजनिक गरेको हो ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय