आईपीएल क्रिकेट ː पन्जाबले हैदरावादलाई १२ रनले हरायो

आईपीएल क्रिकेट ː पन्जाबले हैदरावादलाई १२ रनले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले सनराइजर्स हैदरावादलाई १२ रनले हराएको छ ।
 
पन्जाबले हैदरावादसामु १२७ रनको विजय लक्ष्य पेश गरेको थियो । तर हैदरावाद १९.५ ओभरमा ११४ रनमा अलआउट भयो ।
 
यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । उसका लागि निकोलस पुरनले नटआउट ३२ रन बनाए । केएल राहुलले २७, मन्दीप सिंहले १७, क्रिस गेलले २० र ग्लेन म्याक्सवेलले १२ रन जोडे ।
 
बलिङतर्फ सन्दीप शर्मा, ज्यासन होल्डर र राशिद खानले २–२ विकेट लिए ।
 
विजय लक्ष्य पछ्याउने क्रममा हैदरावादका लागि कप्तान डेभिड वार्नरले ३५ रन बनाए । अन्य चार जनाको ब्याटबाट एक रन पनि निस्किएन । विजय शंकरले २६, जोनी बेयरस्टोले १९ र मनिष पाण्डेले १५ रन बनाए ।
 
पन्जाबका लागि क्रिस जोर्डन र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । १७ रन मात्र खर्चिएका क्रिस जोर्डन म्यान अफ द म्याच भए ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय