काठमाडौं उपत्यकामा २७२० जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २७२० जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
 
सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम आइसोलेसनमा काठमाडौं जिल्लामा १० हजार ५०१, ललितपुरमा २८ सय ९४ र भक्तपुरमा १७ सय १९ जना रहेका छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय