ग्रिनलाइफ हाइड्रोपावरको एजीएम कात्तिक २८ गते

ग्रिनलाइफ हाइड्रोपावरको एजीएम कात्तिक २८ गते
काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरले कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७५∕७६ र आर्थिक वर्ष २०७६∕७७ को वार्षिक प्रतिवेदन पेश हुनेछ । यस्तै, आर्थिक वर्ष २०७७∕७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ । सभाबाट सञ्चालकहरुको पारिश्रमिक पनि अनुमोदन हुनेछ ।
 
सभा कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे मर्चुअल माध्यमबाट सुरु हुनेछ । साधारण सभा गर्न कात्तिक १४ देखि २८ गतेसम्म बुक क्लोज रहनेछ । भर्चुअल मिटिङमा सहभागी बन्न चाहनेले सभा हुनुभन्दा ४८ घण्टा अगावै जुम एप्लिकेसनको आइडी र पासवर्ड लिनुपर्नेछ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय