सानिमा इक्वीटी फण्डले तोक्यो बुक क्लोज मिति, लाभांश वितरण गर्ने घोषणा

सानिमा इक्वीटी फण्डले तोक्यो बुक क्लोज मिति, लाभांश वितरण गर्ने घोषणा
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।
 
फण्डले लाभांश वितरण प्रयोजनका लागि कात्तिक १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ । फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६∕७७ को लागि योजनाका इकाईधनीहरुलाई ७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज मिति तोकेको हो ।
 
यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय