शिवम् सिमेन्ट्सले गर्यो नगद लाभांश वितरण गर्ने घोषणा

शिवम् सिमेन्ट्सले गर्यो नगद लाभांश वितरण गर्ने घोषणा
काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
 
कम्पनीले प्रतिशेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल रकम १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
 
असोज २८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।