सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित सो काउन्टरको समुद्घाटन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे । 

 कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।

सानिमा बैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय