काठमाडौंमा कुखुराको मासु दुई सय रुपैयाँ नजिक

काठमाडौंमा कुखुराको मासु दुई सय रुपैयाँ नजिक
काठमाडौं । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँ नजिक पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको हो ।
 
यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको थियो । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए ।
 
चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको उनले बताए ।
 
‘मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी पयालेस, होटल जस्ता कोभिड–१९ले बन्द हुँदा मासुको खपत निरासाजनक भयो,’ रावलले भने ।
सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय