‘मुन्द्रेको कमेडी क्लब’ पुनː शुरु हुँदै, अब दीपाश्रीको ठाउँमा करिश्मा देखिने

‘मुन्द्रेको कमेडी क्लब’ पुनː शुरु हुँदै, अब दीपाश्रीको ठाउँमा करिश्मा देखिने
काठमाडौं । चर्चित रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनː सुरू हुने भएको छ । कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो । 
 
लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृंखलालाई ’सिजन २’ भनिएको छ । पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए । 
 
नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन् । सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ ।
 
जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन् ।
 
उनले भने, ’नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ । पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो । यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं ।’
 
हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन् । कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए ।
 
पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन् । उनले निकट भविष्यमा टेलिभिजनको पर्दामा जानकारीसमेत दिएकी छिन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय