सूचना प्रविधि अध्ययन गर्नेका लागि खुल्यो छात्रवृत्ति, यसरी दिनुहोस आवेदन

सूचना प्रविधि अध्ययन गर्नेका लागि खुल्यो छात्रवृत्ति, यसरी दिनुहोस आवेदन

काठमाडौं । ‘नेसनल आईसीटी स्कलरसिप– २०७७’ को लागी आवेदन खुलेको छ। कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत दुई बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको आवेदन खुलेको हो ।

सूचना प्रविधिका विभिन्न क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीका लागि यो आवेदन खुलेको हो ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै आइरहेको छ। सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज - लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको महासंघले जानकारी दिएको छ ।

यो वर्ष ४९ विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति दिन लागिएको महासंघले जानकारी दिएको छ । सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १/१ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंसिक छात्रवृत्ति दिइने महासंघले जानकारी दिएको छ। २ वर्षदेखि सञ्चालित यो छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म २८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रा छनौट हुने छन्। त्यस्तै मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जना छनौट हुने छन् ।

क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९६ लाख ४२ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने छन् ।

इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत् २०२० सेप्टेम्बर २५ भित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १२ उत्तिर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि तथा कक्षा १२ को परिक्षा नभैसकेकाहरुले, कक्षा १२ मा अध्ययनरत रहेको प्रमाणका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय