हुन्डाईको 'ग्राण्ड आई टेन नियोस' नेपाली बजारमा

हुन्डाईको 'ग्राण्ड आई टेन नियोस' नेपाली बजारमा

काठमाडौं । हुन्डाईको ग्राण्ड आई टेन नियोस नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीलेहुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहमा सार्वजनिक गरेको हो ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुअल भिटिभिटि टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ ।

यसले ६ हजार आरपिएममा ८३ पिएस पावर जेनेरेट गर्छ। ग्राण्ड आई टेन नियोसले ५ म्यानुअल र स्मार्ट अटो दुबै किसिमको ट्रान्समिसनमामा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लसी ब्ल्याक रेडिएटर ग्रिल, बुमर्याङ्ग आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्चको अलाए ह्विल पाउन सकिन्छ ।

नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्टका साथै रियर एसी भेन्ट जस्ता फिचर्स समावेस छन् ।

सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा स्ट्रोङ बडी स्टक्चर, फ्रन्ट डुअल एयर ब्याग, इबिडी सहितको एबिएस, ड्राइभर रेयर भ्यू मोनिटर लगायतका फिचर्स छन् । यो गाडीको सुरुवाती मूल्यकायम गरिएको कम्पनीले जनाएको छ। ३ लाख ९६ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय