१२०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । 
 
यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । 
 
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या  ४५ हजार २६७ पुगेको गौतमले बताए । 
 
यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय