मुक्तिनाथ विकास बैंकले सुरु गर्यो 'इ-टेलर'

मुक्तिनाथ विकास बैंकले सुरु गर्यो 'इ-टेलर'

काठमाडौं । मुक्तिनाथ विकास बैंकले इ- टेलर सुरु गरेको छ। कोरोना महामारी कालमा सुरक्षित कारोबारका लागि यो सेवा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।

यो सेवामा ग्राहकहरुले चेक बिनै मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताएको छ ।

बैंकका ग्राहकले भिसा नेटवर्क अन्तर्गतअन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सक्ने छन् ।

 

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय