माछापुच्छ्रे बैंकले शेयरधनीलाई १०.४ प्रतिशत लाभांस दिने

माछापुच्छ्रे बैंकले शेयरधनीलाई १०.४ प्रतिशत लाभांस दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांस शेयरधनीलाई वितरण गर्ने भएको छ ।

बैंकको संचालक समितिको बैठकले २०७६/७७ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभामा पेश गर्ने बैंकले निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्ष १ अर्व २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। चुक्ता पुँजी ८ अर्व ४५ करोड ८४ लाख रहको बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ रहेको छ ।

१५९ शाखा, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ विस्तारित काउण्टर,१९९ एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत् बैंकले सेवा दिइरहेको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय