ग्यासको खाली सिलिण्डरको मूल्य तोकियो, मूल्य दुई हजार एक सय रूपैयाँ

ग्यासको खाली सिलिण्डरको मूल्य तोकियो, मूल्य दुई हजार एक सय रूपैयाँ
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने  खाली सिलिण्डरको मूल्य तोकेको छ ।
 
ग्यास बिक्रेताले फरक–फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ ।
 
संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रूपैयाँ तोकिएको हो ।
 
संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ ।
 
संघले आफ्नो कम्पनीबाहेक अरूको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय