किंग्स् कलेज र मिट भेन्चर्सबीच सम्झौता

किंग्स् कलेज र मिट भेन्चर्सबीच सम्झौता

काठमाडौं । ब्यापार तथा ब्यवस्थापन शिक्षामा अग्रणी किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबीच शुक्रबार सहकार्य गर्ने सम्झौता भएको छ ।

उद्यमशिलताको क्षेत्रमा बृहत अनुभव एव श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवं नवप्रबर्तनको अवधारणालाई राष्ट्रियमात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रबद्र्धन गर्ने उदेश्यले सम्झौता भएको हो ।

‘मिट भेन्चर्स्सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छाैं। यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छाैं,’ कलेजका प्रधानाद्यापक नरोत्तम अर्यालले भने ।

सम्झौता अनुसार किंग्स् कलेजले मिट भेन्चर्स्लाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ ।

यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट भेन्चर्स्सँग साझा गर्ने छ ।

यसैगरी, आज भएको सहकार्य सम्झौताअनुसार मिट भेन्चर्सले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ ।

यसका साथसाथै नेपाली विद्यार्थीहरुले मिट भेन्चर्स तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशिलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्नका साथसाथै उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्बी एसियामा आयोजना हुने उद्यमशिलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुन समेत अवसर प्राप्त गर्नेछन् ।

एसिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स् कर्पोरेट स्टार्टअफ इनोभेसन कम्पनी हो ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय