विदेशमा बस्ने नेपालीको पीडा बोकेको ‘सर्टमूभि’ ‘शुन्य’ सार्वजनिक

विदेशमा बस्ने नेपालीको पीडा बोकेको ‘सर्टमूभि’ ‘शुन्य’ सार्वजनिक
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले गर्दा थुप्रैका आँशुका थोपा परदेशकै माटोमा सिंचिन बाध्य भएका छन् । यस्तै विदेशीको पीडा पोखिएको एउटा मार्मिक र यथार्थप्रक घटनामा आधारित लघु चलचित्र (सर्ट मूभि) ‘शून्य’ बेलायतमा निर्माण भएको छ । 
 
करिब ९ मिनेट लामो यस मूभिलाई बेलायत निवासी निर्देशक एवं रंगकर्मी सनम कुमार बैरागले निर्देशन गरेका हुन् ।  यसैगरी बेलायतमा नै कर्मथलो बनाएका नेपाली चलचित्र अभिनेता ध्रुव दत्तको अभिनयले यस मूभिलाई थप जीवन्तता प्रदान गरेको छ ।
 
 बेलायतमा आफ्नो दैनिकीसँग संघर्ष गरिरहँदा एक्कासी नेपालबाट आमा बितेको खबर फोन मार्फत जानकारी पाउँदाको पीडा, लकडाउनले गर्दा नेपाल जान नपाउँदाको छटपटी र आमाले भनेका शब्दहरुको गुन्जनले पिरोल्लिएको छातीको वेदनालाई कथाकार गोपी सापकोटाले चलचित्र मार्फत प्रस्तुत गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को सेरोफेरोमा रुमल्लिएको यो सर्ट मूभि ‘शून्य’ ले विदेशमा बस्ने धेरै नेपालीहरुको कथा र व्यथाको प्रतिनिधित्व गरेको छ, विगत र वर्तमानमा घटेका घटनाको चित्रण गरेको छ अनि भविष्यको बारेमा एकपटक घोत्लिन बाध्य बनाएको छ ।
 
भिजन संसारको प्रस्तुति,अनि ‘शुन्य’ मा  शन्तकुमार राईको छायांकन रहेको भने डीडी ईन्टरटेनमेन्टको साथ रहेको छ ।
 
कृष्णबहादुर लाम्गादेको निर्माणमा तयार भएको यस लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने  शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले स्वर दिएका  छन् ।  सर्ट मुभी ‘शून्य’ लाई भिजन संसार प्लसको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय