सामसङले ल्यायो ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर

सामसङले ल्यायो ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर

काठमाडौं । सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । आफ्ना उत्पादनहरुले ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, यस अफर ल्याएको सामसङले बताएको छ ।

उक्त अफरअन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट पाइनेछ ।

यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको किन्दा लागू हुन्छ ।

सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु किन्ने वैकल्पिक सुविधा दिइएको छ ।

सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ । त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी रहेको छ ।

सामसङकाअनुसार निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा दिइएको छ ।

यो फेस्टिभ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय