सरकारको विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त

सरकारको विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त
काठमाडौँ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । 
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 
 
बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाई प्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए  । 
 
राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २०गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय