पीसीआर परीक्षण २ हजारमै गर्न सकिने

पीसीआर परीक्षण २ हजारमै गर्न सकिने
काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क ५० प्रतिशत घटाएको हो ।
 
मन्त्रालयको नियमित मिडिया व्रिफिङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर रिएजेन्ट र अन्य मूल्य घटेको भन्दै सबै पीसीआर ल्याबलाई लागु हुने गरी अधिकतम २ हजार रूपैयाँ तोकिएको जानकारी गराएका हुन् ।
 
सरकारले यस अघि पीसीआर परीक्षणको शुल्क ४ हजार रूपैयाँ लिने गरेको थियो ।
 
सरकारले सबै खर्च सहित सो बराबर हुने गरी परीक्षण शुल्क निर्धारण गरेको हो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय