सीडीएससीको सीइओमा पूर्ण प्रसाद आचार्यले पाए नियुक्त

सीडीएससीको सीइओमा पूर्ण प्रसाद आचार्यले पाए नियुक्त
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सीडीएससी सञ्चालक समितिको बैंठकले आचार्यलाई सीइओ नियुक्त गरेको हो ।
 
सीडीएससीका रिक्त सीइओ पदका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
 
उक्त समितिले मंगलबार सर्टलिस्टमा परेका ६ जना उम्मेदवार मध्ये पूर्णप्रसाद आचार्य सहित भीष्मराज चालिसे र कृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।
 
कार्यपत्र प्रस्तुतीकरणका आधारमा छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
 
सीडीएससीको तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय